Nepal Life

हकप्रद शेयर निष्काशन सँगै अरुण भ्याली हाइड्रोपावरको मुनाफा ८ गुणाले बढ्यो, तीन महिनामै कमायो ११ करोड ३२ लाख

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Mon 06:35
हकप्रद शेयर निष्काशन सँगै अरुण भ्याली हाइड्रोपावरको मुनाफा ८ गुणाले बढ्यो,  तीन महिनामै कमायो ११ करोड ३२ लाख
National Life

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मुनाफा ८.२० गुणाले बृद्धि भएको छ । हकप्रद शेयर निष्काशन सँगै कम्पनीको फाइनान्सियल कष्ट घट्दा मुनाफामा उल्लेख्य सुधार आएको हो । कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा ११ करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले गत वर्षको यहि अवधिमा एक करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

NIMB

कम्पनीले विद्युती बिक्रीबाट ७ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा एक करोड ३२ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको अन्य आम्दानीमा उल्लेख्य बृद्धि भएको छ । यस्तो आम्दानी ८ करोड ९३ लाखबाट ११ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको वित्तीय खर्च एक करोड २३ लाख रुपैयाँ मात्रै छ । जवकी गत वर्ष ४ करोड २० लाख थियो । सत प्रतिशत हकप्रद निष्काशन सँगै कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड पुगेको छ । जगेडामा २५ करोड ५२ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी १२ रुपैयाँ छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार