प्रभु महालक्ष्मी लाइफको मुनाफा २५ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ११ अर्ब १३ करोड नाघ्यो
- BFIS News
- 2024 Nov Mon 09:42
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा २५.७३ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल भएको छ ।
कम्पनीले तीन महिनामा १२ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले गत वर्षको यहि अवधिमा १० करोड रुपैयाँ मुनाफ आर्जन गरेको छ । समिक्षा अवधिमा कम्पनीले एक अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले पुनर्बीमामा हस्तान्तरण गरेर खुद एक अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ ।
प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोषमा ८.२२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको जीवन बीमा कोषमा ११ अर्ब १३ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा १० अर्ब २८ करोड थियो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा ६२ करोड २५ लाख रुपैयाँ जम्मा भएको छ ।
प्रस्तुत मुनाफाका आधारमा प्रतिशेयर आम्दानी १०.६९ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ छ । हाल एक लाख ८५ हजार वटा पोलिसी सक्रिय रहेका छन् । कम्पनीले नविकरण बीमा शुल्क ९४ करोड ४४ लाख रुपैयाँ आर्जन गर्दा प्रमथ बीमा शुल्क आर्जन भने २६ करोड २६ लाख रुपैयाँ छ ।
प्रतिक्रिया