Nepal Life

नेप्से सूचकमा सुधार सँगै लगानीकर्ता बजार फर्किए, कारोबार रकम ११ अर्ब नाघ्यो, हरेक दिन उपसूचकमा सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Mon 15:05
नेप्से सूचकमा सुधार सँगै लगानीकर्ता बजार फर्किए, कारोबार रकम ११ अर्ब नाघ्यो, हरेक दिन उपसूचकमा सुधार
Shikhar detail

काठमाडौं । नेप्से सूचकमा क्रमिक सुधार सँगै पुराना लगानीकर्ता बजारमा फर्किन थालेका छन् । नेप्से सूचक ३ हजारबाट २४ सय अंकमा झर्ने क्रममा लगानीकर्ताहरु सुस्त देखिएका थिए । दशै तिहारको रौनक सँगै लगानीकर्ता बजारमा फर्किएका हुन् ।

NIMB

हिजो आइतबार र आजो दोस्रो बजारमा १० अर्ब भन्दा माथिको कारोबार हुनुले पनि लगानीकर्ताको कन्फिडेन्स बड्न पुगेको हो । आइतबार नेप्से सूचक ६२.५४ अंकले सुधार हुँदा ९ अर्ब ४२ करोडको कारोबार भएको थियो । आज सोमबार नेप्से सूचक १५ अंकले सुधार हुँदा ११ अर्बको कारोबार भएको छ ।

समग्र सूचकका साथै हरेक दिन उप सूचकमा उछाल आउने गरेको छ । आइतबार हाइड्रोपापवरको शेयरमा उछाल आएकोमा आज नेप्से सूचक २२.१४ अंकले सुधार हुँदा ११ अर्ब ३१ करोडको कारोबार भएको छ । १४३ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ९२ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सो सहित १० वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज माइक्रोफाइनान्स र बीमा कम्पनीको सूचकमा उछाल आउदा विकास बैंक, फाइनान्स, होटल, हाइड्रो र निर्जीवन बीमा कम्पनीको सूचकमा भने गिरावट आएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार