Nepal Life

लगातारको सुधार पछि शेयर बजारमा करेक्सन, १४ अंकले घट्दा फाइनान्स निर्जीवन र व्यापारको सूचकमा भने सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Tue 15:04
लगातारको सुधार पछि शेयर बजारमा करेक्सन, १४ अंकले घट्दा फाइनान्स निर्जीवन र व्यापारको सूचकमा भने सुधार
National Life

काठमाडौं । लगातारको सुधार सँगै मंगलबार शेयर बजारमा १७ अंकको करेक्सन भएको छ । गएका दिनमा शेयर बजारले दोहोरो अंकको छलाङ मार्दै आएको थियो । लगातारको सुधारका क्रममा हिजो सोमबार ११ अर्ब ६ करोडको कारोबार भयो ।  

NIMB

हिजोको कारोबारमा लगानीकर्ताले नाफा बुक गरेका थिए । नेपालको शेयर बजारमा जव जव सुधार हुन थाल्छ तव तव लगानीकर्ताहरु बजार प्रवेश गर्ने र क्षमता भन्दा बढिको शेयर खरिद गर्ने प्रवृत्ती छ । जसले गर्दा धेरै लगानीकर्ताहरु फस्न पुग्छन् । यस्तो रणनीतीले बुलिस मार्केटमा केहि समयको अन्तरालमा नाफा बुक गर्ने अवसर प्राप्त भए पनि वियरिस मार्केटमा भने लामो समयका लागि बजारमा लगानी फस्ने डर हुन्छ ।

त्यसैले बजारमा सुरक्षित हुने हो भने जव बजारमा चरम गिरावट जस्तो अनुभव हुन्छ त्यस्तो समयमा शेयर किन्ने र धेरै बढेको जस्तो अनुभुति भयो भने बिक्री गर्न डराउनु हुँदैन । सोमबार लगानीकर्ताले राम्रै नाफा बुक गर्दा नयाँ लगानीकर्ताले भने बजारमा आफ्नो लगानी भित्र्याए । यस्तो अवस्थामा शेयर बिक्री गरेर नाफा बुक गरेकाहरुले बजार घटाउन सक्दो बल प्रयोग गर्छन् ।

मंगलबार नेप्से सूचक १४.८५ अंककले घटेको छ । कारोबार रकम भने ७ अर्ब ७० करोडको भएको छ । आज फाइनान्स, निर्जीवन बीमा र व्यापारको सूचकमा सुधार देखिएको छ भने अन्य सूचक तल झरेका छन् । गुराँस लघुवित्त, मेनछ्याम हाइड्रोपावर, वेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट लागेको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार