Nepal Life

डिजिटल प्रणालीबाट दाबी भुक्तानी गर्दा बीमाको दायरा बढाउने अध्यक्ष शिलवालको दाबी

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sat 07:25
डिजिटल प्रणालीबाट दाबी भुक्तानी गर्दा बीमाको दायरा बढाउने अध्यक्ष शिलवालको दाबी
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले डिजिटल प्रणालीबाट दाबी भुक्तानी गर्दा बीमाको दायरा थप फराकिलो हुने दाबी गरेका छन् । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले शुक्रवार आयोजना गरेको डिजीटल बीमा पोलिसीको शुभारम्भ कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष सिलवालले डिजीटल बीमामा लगानी बढाउन कम्पनीहरुलाई निर्देशन समेत दिएका छन् ।

NIMB

डिजीटल बीमाले दावी भुक्तानी पारदर्शी हुने उनको भनाई छ । ‘अब बीमा कम्पनीहरु आइटीमा नगई सुखै छैन, प्रविधिमा नै कम्पनीहरुले लगानी बढाउन आवश्यक छ । डिजीटल बीमाले दावी भुक्तानी पारदर्शी हुनेछ’–अध्यक्ष सिलवालले भने ।

सिद्धार्थ प्रिमियरले डिजीटल बीमा सुरुवात गरेको यसलाई प्रभावकारी रुपमा संचालन गर्न आग्रह गरे । उनले बीमालाई पूर्ण रुपमा डिजटील बनाउनुपर्नेमा जोड दिए । अब भौतिक उपस्थित बिना नै बीमा गर्न सकिने गरि काम पर्ने उनको भनाई थियो ।

उनले भने,–‘कम्पनीहरुले पोलिसी बिक्री गर्ने बेलामा पैसा रियल टाइम नै लिने । तर, दावी दिने बेला झन्झटिलो प्रक्रियामा बीमितलाई अलमलाउन भएन । दावी भुक्तानी पनि रिलय टाइम बनाउन आवश्यक छ । यसमा डिजीटल बीमाले काम गर्नेछ ।’

प्राधिकरणले पनि बीमा क्षेत्रलाई प्रविधि मैत्री बनाउन ठुलो मात्रामा लगानी बनाएको उनले बताए । उनले डिजीटल बीमासंगै नयाँ नयाँ पोलिसी जारी गर्न कम्पनीहरुलाई आग्रह गरे । ‘अहिले पुरानै र कपि पेस्ट पोलिसी मात्रै बजार छन् । कम्पनीहरु डिजीटील बीमामा गएर मात्रै हुँदैन । इनोभेसन ल्याउने गरि नयाँ नयाँ पोलिसी जारी गर्न आवश्यक छ’–उनले भने ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया