सुनको भाउमा निरन्तर गिरावट, तोलामा ४०० रुपैयाँले घटेर ६२२००
- BFIS News
- 2024 Nov 13 11:14
सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तर रुपमा घटेको छ ।
यस दिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया