NIMB Header 2
Nepal Life

प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जिव मानन्धर

National Life
  • BFIS News
  • 2023 Aug 26 07:50
प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जिव मानन्धर
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृमा (सीईओ) मा सञ्जिव मानन्धर नियुक्त भएका छन्। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

Shikhar
NIMB

नवनियुक्त सीईओ मानन्धरले शुक्रबार सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बैंकको स्थापनासँगै प्राइम कमर्सियल बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रुप कार्यरत थिए।

मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव छ। तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनमा समेत रहेर काम गरिसकेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार