Nepal Life

आइजिआइ प्रुडेन्सियलको मुनाफा १९.५० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ८ रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Thu 11:01
आइजिआइ प्रुडेन्सियलको मुनाफा १९.५० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ८ रुपैयाँ
National Life

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १९.५० प्रतिशतले मुनाफा बढाएको छ । कम्पनीले असोज मसान्तसम्ममा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तवुनलामा १९.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

NIMB

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ०.२३ प्रतिशत घटेको छ भने कुल आम्दानी ७.६४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा ४.९४ प्रतिशत र कुल खर्च ५.१९ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ३२ पैसा बढेर ८ रुपैयाँ ६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७७.३० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ४९ पैसा रहेको छ।

३ अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७४ करोड रुपैयाँ, महाविपत्ती कोषमा ८ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड २ लाख रुपैयाँ र अन्य इक्विटीमा ५६ करोड ५४ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार