शिवम् सिमेन्ट वित्तीय खर्च घटाउदै देखियो नाफामा, आम्दानी १३.५९ प्रतिशतले घट्यो
- BFIS News
- 2024 Nov Thu 11:06

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनी ५ करोड ३४ लाख नोक्सानीमा थियो । कम्पनीले ३ महिनामा १ अर्ब ४० करोड रुपैयाँको व्यापार गरेको छ । यो गत वर्षको भन्दा १३.५९ प्रतिशत कम हो । यता, वित्तीय खर्च १ करोड ५४ लाखबाट घटेर २७ लाख रुपैयाँमा झरेको छ ।
प्रशासनिक खर्च पनि घटेको छ । कम्पनीको अन्य आम्दानी भने करिब ४०० प्रतिशत बढेको छ । खर्च घट्दा र अन्य आम्दानी बढ्दा कम्पनी नाफामा गएको हो । ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी रहेको शिवम् सिमेन्ट्सको जगेडा कोषमा ३ अर्ब ५३ करोड रुपैयाँ देखिएको छ ।
यसको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १.०२ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.२८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया