नेपाल लाइफको घरजग्गामा आक्रामक लगानी, इटहरीमा कन्यो ९१.५० धुर जग्गा, लागत १६ करोड ७९ लाख
- BFIS News
- 2024 Nov Thu 11:20
काठमाडौं । नेपाल लाइफले आक्रामक रुपमा घरजग्गामा लगानी गर्न थालेको छ । कम्पनीले व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि घरजग्गा खरिद गर्ने रणनीति बनाएको छ । यसै शिलसिलामा कम्पनीले नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सन्दिप गौतम, प्रतिभा खनाल र अनन्त सिंहको नाममा रहेको तीन ९१.५० धुरमा बनेको भवन खरिद गरेको हो ।
यसरी लगानी गर्दा कम्पनीले नियमित रुपमा घरभाडाका रुपमा तिर्नु पर्ने रकम पनि जोगिन्छ भने भाडाबाट थप आम्दानी गर्न सक्नेछ । घरजग्गामा गरिएको लगानीले तत्काल भन्दा पनि दीर्घकालमा कम्पनीलाई ठुलो प्रतिफल दिन सक्छ । निश्चित समय पछि बिक्री गर्न खोज्दा पनि कम्पनीले राम्रो भ्यालु प्राप्त गर्न सक्छ जुन बैंक वित्तीय संस्थाको व्याज आम्दानी भन्दा धेरै गुणा बढि हुन जान्छ ।
कम्पनीले यस भन्दा अगाडी हेटौडामा पनि व्यवसायिक तथा कार्यालय प्रयोजनका लागि घरजग्गा खरिद गरेको थियो । कम्पनीले पछिल्लो समय प्रमखु व्यवसायिक क्षेत्रका घरजग्गामा लगानी बढाउदै गइरहेको छ ।
प्रतिक्रिया