हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, अनुमति लिन बाँकी
- BFIS News
- 2024 Nov Thu 11:32
काठमाडौं । हिमालन पावर पार्टनरले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको कार्तिक २९ गते बसेको सञ्चालक समितिले विद्यमान चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले हकप्रद निष्काशनको स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने समेत निर्णय गरेको छ । आयोगले अनुमति दिए पछि कम्पनीले साधारणसभाबाट हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेर नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि निवदेन दिन पाउनेछ ।
कम्पनीको चुक्ता पूँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन सँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब ५९ करोड पुग्नेछ । हकप्रदको घोषणा सँगै दोस्रो बजारमा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।
प्रतिक्रिया