Nepal Life

शेयर बजार निरन्तर सुधारको लयमा, साइडवेज मुभमेन्टलाई तोड्ने प्रयासमा, सकारात्मक मौद्रिक समिक्षाको अपेक्षा

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Thu 15:10
शेयर बजार निरन्तर सुधारको लयमा, साइडवेज मुभमेन्टलाई तोड्ने प्रयासमा, सकारात्मक मौद्रिक समिक्षाको अपेक्षा
National Life

काठमाडौं । शेयर बजार निरन्तर सुधारको लयमा देखिएको छ । साइडवेज मुभमेन्टको चपेटामा रहेको बजारले निरन्तर रुपमा तोड्ने प्रयास गरिरहेको छ । यस अवधिमा कतिपय सूचक तथा उपसूचकबाट लगानीकर्ताले राम्रै कमाएका छन् ।

NIMB

राष्ट्र बैंकले मौद्रिक समिक्षाको तयारी गरिरहेको छ । यसै सातामा मौद्रिक समिक्षा सार्वजनिक हुने भनिए पनि आधिकारिक रुपमा भने राष्ट्र बैंकले केहि पनि जनाएको छैन । तर बजारले भने सकारात्म मौद्रिक समिक्षाको अपेक्षा गरेको छ । सोहि अनुरुप आज बिहीबार नेप्से सूचकमा तिव्र उतारचढाव पनि देखियो । नेप्से सूचक १३.९५ अंकले सुधार हुँदा १० अर्ब ३२ करोडको कारोबार भएको छ ।

कारोबार रकमले पनि बजारमा राम्रो सपोर्ट देखाइरहेको लगानीकर्ताहरु बताउछन् । मंसिर महिनामा पनि व्याजदर घट्ने अपेक्षाले आज बजारमा सुधार देखिएको हो । अर्को तर्फ राष्ट्र बैंकले अहिलेको कठिन बैंकिङ अवस्थालाई लिएर कुनै पनि नकारात्मक मौद्रिक नीतिहरु अगाडी नसार्ने लगानीकर्ताको अनुमान छ । यहि कारण अवको केहि समय बजारले यस भन्दा अगाडीको ३ हजारको विन्दुलाई तोड्ने गरी अगाडी बढ्ने विश्लेषण गरिएको छ ।

गएको एक डेढ महिना शेयर बजारमा साइडवेज मुभमेन्ट देखियो । यस्तो मुभमेन्टमा बजार निश्चित दुई वन्दुमा रहेर तलमाथि गरिरहन्छ । जसलाई लगानीकर्ताले भोगिसकेका छन् ।

आज फाइनान्स, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारको सूचकमा गिरावट देखिए पनि अन्य सूचक तथा उपसूचक बढेका छन् । गएका दिनमा यस बाहेकका सूचकमा गिरावट देखिएको थियो । हिजो फाइनान्समा सर्वाधिक सुधार देखिएकोमा आज फाइनानन्समा करेक्सन देखिएको छ ।

लगानीकर्ताले पोर्टफेलियो परिवर्तन गर्दै सेक्टरल मुभमेन्टमा ध्यान दिइरहेको देखिन्छ । जसले गर्दा सेक्टरमा मुभमेन्ट गर्नेले हरेक दिन पैसा कमाइरहेका छन् ।

बिहिबार नेप्से सूचक १३.९५ अंकले बढेर २७४८.७८ अंकमा रोकिएको छ । लोक्यापका लघुवित्तमा सर्किट लागेर उच्च विन्दुमा पुग्ने क्रम बढिरहेको छ । जलविद्युत कम्पनीका शेयरधनीले पनि क्रमिक रुपमा राहात पाइरहेका छन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार