Nepal Life

शिखर इन्स्योरेन्स कम्पनीको मुनाफा ११ करोड ५२ लाख, तीन महिनामा भित्र्यायो २ अर्ब ८२ करोड बीमा शुल्क

NMB Bank
  • BFIS News
  • 2024 Nov 15 06:28
शिखर इन्स्योरेन्स कम्पनीको मुनाफा ११ करोड ५२ लाख, तीन महिनामा भित्र्यायो २ अर्ब ८२ करोड बीमा शुल्क
National Life

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ११ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ११ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

Shikhar
NIMB

समीक्षा अवधिमा कम्पनीले खुद बीमाशुल्क १.५७ प्रतिशत बढाएको छ भने कुल आम्दानी १.८८ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ०.५४ प्रतिशत बढेको छ भने कुल खर्च ३.१७ प्रतिशत घटेको छ।

नाफासँगै शिखरको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४३ पैसा बढेर १७ रुपैयाँ ३६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा रहेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ६४ करोड ४७ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया