Nepal Life

लगानीकर्ताबाट सर्वाधिक रुचाइएको हिमालयन रि इन्स्योरेन्सकाे नाफा २९.२२ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Fri 10:45
लगानीकर्ताबाट सर्वाधिक रुचाइएको हिमालयन रि इन्स्योरेन्सकाे नाफा २९.२२ प्रतिशतले बढ्यो
National Life

काठमाडौं । लगानीकर्ताले सर्वाधिक रुचाएको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले २९.२२ प्रतिशतले मुनाफा बढाएको छ ।कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा २२ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा १७ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

NIMB

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १०.९५ प्रतिशत बढेको छ भने कुल आम्दानी २२.८० प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी समीक्षाअवधिमा १३.७३ प्रतिशत र कुल खर्च १५.६० प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३० पैसा घटेर ८ रुपैयाँ ७१ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०३.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा रहेको छ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ३० करोड रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया