समता घरेलुको एफपीओ बाँडफाँट, तपाईलाई पर्यो कि परेन यसरी हेर्न सकिन्छ
- BFIS News
- 2024 Nov Fri 10:53
काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ आज शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बिहान ९ बजे एफपीओ बाँडफाँट गरेको हो । जसमा ३५ हजार ९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी रहेको ४.२५ कित्ता ४ जनालाई बाँडफाँट गरिएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।
प्रतिक्रिया