Nepal Life

नेशनल लाइफको तीन महिनाको मुनाफा १३ करोड ८३ लाख, जीवन बीमा कोषमा ८१ अर्ब ८४ करोड नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Fri 11:11
नेशनल लाइफको तीन महिनाको मुनाफा १३ करोड ८३ लाख, जीवन बीमा कोषमा ८१ अर्ब ८४ करोड नाघ्यो
National Life

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा ६.२४ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले पहिलो त्रैमाशिक अवधिमा १३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १३ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो ।

NIMB

यस कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ११.२८ प्रतिशत बढेर १ अर्ब ५० करोड ३५ लाख रुपैयाँ पुगेको छ । जसकारण नाफामा सुधार आएको हो । गत वर्ष उक्त आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ थियो । यता, खुद बिमा शुल्क संकलन १८.१३ प्रतिशतले बढेर ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ पुगेको छ । बीमा कोषको आकार ८१ अर्ब ८४ करोड रुपैयाँ भन्दा धेरैको छ ।

चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ रहेको नेसनलको रिटेन्ड अर्निङमा ६१ करोड ३७ लाख रुपैयाँ रहेको छ । यसको सेयर प्रिमियममा २ करोड ७८ लाख छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार