Nepal Life

वार्षिकोत्सवको उपलक्ष्यमा शिखर इन्स्योरेन्सद्धारा मधेष प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Nov 16 14:21
वार्षिकोत्सवको उपलक्ष्यमा शिखर इन्स्योरेन्सद्धारा मधेष प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २१ औं वार्षिकोत्सवको अवसरमा मधेष प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कार्तिक ३० गते शनिवार लाहान र रौतहटमा र आज मंसिर एक गते वीरगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले वीरञ्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिला सहित ५८ जनाले रक्तदान गरेको कम्पनीका मधेश प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ताले जानकारी दिए । शुक्रवार भने ४० जनाले रक्तदान गरेको उनले बताए ।  

वीरगञ्ज शाखाले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रदेश प्रमुखको गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शाखा प्रमुख नितेश कुमार दास, गुल्शन बर्मा, धिरज साह लगायएको उपस्थिति रहेको थियो । 

रक्तदान गर्नेमा निशा कुमारी पटेल, हरिओम ठाकुर, श्रीराम पटेल, दिपक मेहता, मनिश श्रीवास्तव, महम्मद चान्द, कन्हैया कुमार साह, साहेब अल्ली धोबी, कृष्ण यादव, अभिषेक चौरसिया, देवेन्द्र प्रसाद यादव, दिपु कुमार पटेल, दिपेश श्रीवास्तव, गोबिन्दा यादव, प्रकाश कुमार लगाएतकाहरुले रक्तदान गरेका थिए।

आजको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता एवं वीरगञ्ज रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, मनिष गुप्ता, नितेश यादव, लिलाधर साह लगाएतका प्राबिधिकहरुको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

कम्पनीले मधेष प्रदेशमा हिजो कार्तिक ३० गते लाहान र रौतहटमा पनि रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया