Nepal Life

तीन महिनामा कालिञ्चोक दर्शन ८५ लाख ७० हजारले नोक्सानमा, नेटवर्थमा सुधार

NMB Bank
  • BFIS News
  • 2024 Nov 17 10:06
तीन महिनामा कालिञ्चोक दर्शन ८५ लाख ७० हजारले नोक्सानमा, नेटवर्थमा सुधार
National Life

काठमाडौं, मंसिर २ । कालिनञ्चोक दर्शनको मुनाफा यस पटक पनि ऋणात्मक देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ८५ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ९८ लाख ८७ हजार रुपैयाँ नोक्सानीमा थियो।

Shikhar
NIMB

कम्पनीको आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी २.१० प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी २.१९ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ५२.०८ प्रतिशत घटेको छ। जसका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ३२ पैसा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया