Nepal Life

प्रिमियममा आइपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्ट २ करोड २६ लाख नोक्सानमा, आम्दानी ७७ प्रतिशतले घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Sun 10:29
प्रिमियममा आइपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्ट २ करोड २६ लाख नोक्सानमा, आम्दानी ७७ प्रतिशतले घट्यो
National Life

काठमाडौं, मंसिर २ । सर्वसाधारण लगानीकर्तालाई प्रिमियममा आइपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्ट नोक्सानमा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सर्वोत्तम सिमेन्टले २ करोड २५ लाख रुपैयाँ नोक्सानी देखाएको छ ।

NIMB

गत वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो । यसअवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि ७७.१६ प्रतिशतले घटेर १ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । 

गत वर्षको यसैअवधिमा कम्पनीले ६ अर्ब ३७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । असोजसम्ममा यसको बिक्री लागत पनि ७६.०४ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ । यसअवधिमा कम्पनीको सञ्चालन आम्दानी र बिक्री लागत घट्दा नोक्सानी ब्यहोनु परेको हो ।

हाल यसको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ४ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा (वार्षिक) ऋणात्कम र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया