Nepal Life

बैंकहरुले आफ्ना स्किममा बीमा राख्दा ‘बीमा कम्पनी’को नाम अनिवार्य खुलाउनु पर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sat 18:17
बैंकहरुले आफ्ना स्किममा बीमा राख्दा ‘बीमा कम्पनी’को नाम अनिवार्य खुलाउनु पर्ने
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना विभिन्न स्किममा बैंकिङ सुविधा राखेर प्रचार गर्दा बीमा कम्पनीको नाम पनि अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने भएको छ ।

NIMB

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई बैंकिङ सेवामा बीमा जोडेर प्रचार गर्दै गर्दा आफ्नो नाम पनि उल्लेख गराउन निर्देशन दिएका छन् । बैंकहरुले निक्षेप तथा कर्जाका स्किममा निशुल्क बीमा भनेर प्रचार गर्दा बीमाको अपव्याख्या भएको भन्दै प्राधिकरणले बीमा कम्पनीहरुलाई यस्तो कार्य रोक्न अनुरोध गर्दै आएको छ । सैद्धान्तिक र व्यवहारिक रुपमा बीमा कहिले पनि निःशुल्क हुँदैन । बीमा शुल्क भुक्तानी गरे पछि मात्रै बीमा हुने भएकाले निःशुल्क बीमा भन्नै नमिल्ने प्राधिकरणको तर्क छ ।

बैंकहरुले निक्षेपकर्ता तथा ऋणीको बीमा शुल्क आफैले भुक्तानी गरिदिने भएकाले निःशुल्क शब्द प्रयोग गर्ने गरेका छन् । निशुल्क बीमाको सट्टामा बीमाको सुविधा रहेको कुरा खुलाउनु पर्ने प्राधिकरणको भनाइ छ ।

बीमा कम्पनीहरूले बैंक र बीमाबीचको फरक बुझाउन सक्नुपर्ने प्राधिकरणका अध्यक्ष सिलवाल बताउछन् । उनले थपे, बैंकले बचत गर्छ तर बीमाले जोखिम समेत बहन गर्छ भन्ने कुरा सबैलाई बुझाउन सक्नुर्छ ।  बैंक मार्फत बीमा गराउने कम्पनीले बैंकले गर्ने विज्ञापनमा अनिवार्यरुपमा आफ्नो नाम राख्न लगाउनु पर्ने उनले बताए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया