Nepal Life

करेक्सनमा अवसर खोज्दै लगानीकर्ता, न्युन पूँजी भएका कम्पनीमा आकर्षण, एकै दिन एक लाख १३ हजार वटा कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Sun 15:12
करेक्सनमा अवसर खोज्दै लगानीकर्ता, न्युन पूँजी भएका कम्पनीमा आकर्षण, एकै दिन एक लाख १३ हजार वटा कारोबार
National Life

काठमाडौं । शेयर बजारमा केहि समयदेखि रौनकता छाउदै आएको छ । हरेक करेक्सनमा लगानीकर्ताले अवसर देख्न थालेका छन् । जव जव बजारमा गिरावट आउछ तव तव कारोबार रकम निकै तल झर्ने गर्छ । जव जव बजारमा सुधारको संकेत देखिन्छ तव तव कारोबार रकममा व्यापक सुधार आउछ । यसले पनि लगानीकर्ताहरुमा राम्रो कन्फिडेन्स रहेको पुष्ठी हुन्छ । 

NIMB

बढ्दो ट्रेण्डमा रहेको शेयर बजारमा इन्ट्राडे करेक्सन भइरहेको छ । उच्चदरको सुधार पछि दोहोरो अंकको करेक्सन हुनुको सट्टा थोरै थोरै अंकले सुधार भइरहेको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचक ४.९८ अंकले सुधार हुँदा ११ अर्ब ७२ करोडको कारोबार भइरहेको छ । पछिल्लो साता औषतमा दैनिक १० करोड हाराहारीको कारोबार भइरहेको छ । 

यसले गर्दा लगानीकर्ता करेक्सनमै अवसर खोजिरहेका छन् । कतिपयले नाफा बुक गर्दा अरुले अवसरको रुपमा शेयर उठाउनुले पनि बजार सुधारको लयमा गएको देखिन्छ । पछिल्लो समय बैंक वित्तीय संस्थाको व्याजदर लगातार घट्दा शेयर बजारलाई राम्रो सपोर्ट मिलिरहेको छ । 

आइतबार बाणिज्य बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमाको सूचकमा सामान्य गिरावट देखिए पनि होटल तथा फाइक्रोफाइनान्सको सूचकमा राम्रो सुधार देखिएको छ । लगानीकर्ताहरु शेयर सप्लाइ कम भएका कम्पनीमा बढि झुम्मिएका छन् । सुरुमा कम पूँजी भएका कम्पनीको शेयरमा लगानी गरेर त्यसको नाफा बुक गरेको रकम बाणिज्य बैंक तथा फण्डामेन्टल राम्रो भएका कम्पनीको शेयरमा पार्किङ गर्ने प्रवृत्ती पनि बढिरहेको छ । यस्तो रणनीतिले उच्चदरमा बढिरहेको बजारमा आउने करेक्सनमा भरथेग गर्न मद्दत पुग्दछ । 

आइतबार उत्नती सहकार्य, स्वावल्मबन, अपर हेवा खोला र माण्डु हाइड्रोपावरको शेयर मूल्यमा सर्वाधिक सुधार हुँदा सर्किट लागेको छ । समृद्ध फाइनान्स र सहकार्य लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । दुबै वित्तीय अवस्था कमजोर देखिए पछि दोस्रो बजारमा नकारात्मक सर्किट लागेको हो । 

 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार