Nepal Life

बसको ठक्करबाट किशोरीको मृत्यु, आक्रोशित स्थानीयद्वारा बसमा आगजनी

NMB Bank
  • BFIS News
  • 2024 Nov 17 19:28
बसको ठक्करबाट किशोरीको मृत्यु, आक्रोशित स्थानीयद्वारा बसमा आगजनी
United Ajod

काठमाण्डाैँ, मंसिर २: कोसी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका वडा नम्बर १३ खनारमा यात्रुवाहक बसको ठक्करबाट एक किशोरीको ज्यान गएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्।

Shikhar
Nepal Life
NIMB

मे १ ख ४५७४ नम्बरको नागरिक यातायातको बस इटहरीबाट विराटनगरतर्फ जाँदै गर्दा आइतबार दिउँसो जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सम्झना यादवलाई ठक्कर दिएको थियो। दुर्घटनामा यादवको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनापछि बस चालक भाग्ने प्रयास गरे पनि स्थानीयले बसलाई रोकेर आगजनी गरेका हुन्। आगलागीले बस पूर्ण रूपमा नष्ट भएको छ। घटनापछि खनार क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो।

स्थिति नियन्त्रणमा लिनका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

सावधानीस्वरूप कोसी राजमार्ग भएर सञ्चालन हुने सवारी साधनलाई सुनसरी-मोरङ सिँचाइ आयोजना अन्तर्गतको नहर हुँदै वैकल्पिक मार्गबाट सञ्चालन गरिएको थियो। दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया