बैंक वित्तीय संस्थाका कर्मचारी कार्यालय पुगेपछि सार्वजनिक विदाको घोषणाले सबै जना अलमलमा, सेवाग्राहीले पाए सास्ती
- BFIS News
- 2024 Nov Mon 11:17

काठमाडौं । नेपाल सरकारले अधिकाम्स कर्मचारी नियमित कामका लागि कार्यालय पुग्दा नपुग्दै सार्वजनिक विदा दिए पछि धेरै वटा कार्यालय अलमलमा परेका छन् । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरे सँगै सरकारी कार्यालयहरु बन्द भए । प्राय कर्मचारी कार्यालय पुगेर फर्किएका छन् ।
तर निजी क्षेत्रका कार्यालयमा काम गर्नेहरुले पनि आफ्नो नियमित कामहरुलाई अगाडी बढाए । अधिकाम्स बैंक वित्तीय संस्थाहरुले भने कुनै पनि निर्णय गर्न नसक्दा नियमित सञ्चालन गरिरहेका छन् । बीमा कम्पनीमा प्राय सबै शाखा कार्यालय सञ्चालन भइरहेका छन् ।
नेपाल स्टक एक्सचेन्जले कारोबार बन्द गरे सँगै कतिपय ब्रोकर तथा मर्चेन्ट बैंकहरुले कार्यालयमा आएका कर्मचारीलाई फिर्ता गरेका छन् । यसरी सरकारले अव्यवाहारिक रुपले विदाको घोषणा गर्दा कर्मचारीहरु अलमलमा परेका हुन् । पुर्व सभामुख ढुङ्गानाको हिजै मृत्यु भएको भए पनि सरकारले हिजो कुनै निर्णय गरेन । जसले गर्दा कर्मचारीहरुले भने सास्ती पाएका छन् । यति मात्रै होइन सरकारी कार्यालयहरु पुर्ण रुपमा बन्द हुँदा सेवाग्राहरुले पनि दुख पाएका छन् । विहान सवेरै सरकारी कार्यालयमा सेवा लिन पुगेकाहरु पनि खालि हात फर्किनु परेको छ ।
प्रतिक्रिया