सुन भाउ फेरि बढ्न थाल्यो, तोलाको ११ सयले बढेर एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार
- BFIS News
- 2024 Nov Tue 10:51
काठमाडौं । सुनको भाउ फेरि बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भारि गिरावट आउदा नेपाली बजारमा पनि घटिरहेको छ । आज भने प्रतितोला ११ सय रुपैयाँलेब बढेर एक लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।
विगत एक महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औन्स १३६ डलरले घट्न पुगेको छ । अहिले भने प्रति औन्स १३ डलरले बढेको छ । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रमको विजय सँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आएको हो । ट्रम्पको विजय सँगै लगानीकर्ता तथा व्यवसायीको कन्फिडेन्स बढ्दा उनिहरुको ध्यान सुनबाहेक अन्यन्त्र क्षेत्रमा देखिएको छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य निरन्तर दोस्रो दिन बढेको हो ।
यस दिन चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया