Nepal Life

चार लघु बीमाले ९० करोडको आइपिओ निष्काशन गर्दै, धितोपत्र बोर्डमा दिए निवेदन

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Wed 21:05
चार लघु बीमाले ९० करोडको आइपिओ निष्काशन गर्दै, धितोपत्र बोर्डमा दिए निवेदन
National Life

काठमाडौं । चार लघुवीमा कम्पनीले ९० करोड रुपैयाँको आइपिओ निष्काशन गर्ने भएका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनीले आइिपओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

NIMB

चार वटै कम्पनीले नेपाल बीमा प्राधिकरणबाट प्रारम्भिक अनुमति लिइ बोर्डमा निवेदन दिएका हुन् । सबैले साधारणभाबाट पनि अनुमति लिइसकेको हुँदा बोर्डले अनुमति दिने वित्तीकै सर्वसाधारणका लागि जारी गर्नेछन् । 

सबैले २२ करोड ५० लाख रुपैयाँको दरले आइपिओ निष्काशन गर्नेछन् । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ७५ करोड निर्धारण गरेको छ । कम्पनी स्थापना गर्दै संस्थापकहरु सँग ५२ करोड ५० लाख रुपैयाँ संकलन गरिसकेका कम्पनीहरुले साढे २२ करोड निष्काशन सँगै पूँजी पुरा गर्ने छन् । 

बैंक वित्तीय संस्था मध्ये माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा उच्च रहेको छ । बीमा समुहमा पनि जीवन, निर्जीवन र रिइन्स्योरेन्स भन्दा लघु बीमा कम्पनीको शेयर मूल्य पनि अन्य भन्दा माथि हुने अनुमान गरिएको छ । यसले गर्दा पनि लघु बीमा कम्पनीको आइपिओलाई अर्थपुर्ण रुपमा हेरिएको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार