Nepal Life

बोटलर्स नेपाल (तराईको) लाभांश घोषणा, शेयरधनीले ५० प्रतिशत नगद लाभांश पाउने, शेयर मूल्य १४३५० रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Thu 10:44
बोटलर्स नेपाल (तराईको) लाभांश घोषणा, शेयरधनीले ५० प्रतिशत नगद लाभांश पाउने, शेयर मूल्य १४३५० रुपैयाँ
National Life

काठमाडौं । बोटलर्स नेपाल (तराई)ले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

NIMB

प्रस्तावित लाभांश कम्पनीको ३८ औं वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् । कम्पनीले आगामी वार्षिक साधारणसभा र बुक क्लोजको मिति भने घोषणा गरेको छैन । 

कम्पनीले गएको आर्थिक वर्षबाट ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । दोस्रो बजारमा कम्पनीको शेयर मूल्य १४ हजार ३५० रुपैयाँ छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया