Nepal Life

शेयर बजार ३१.३१ अंकले घट्यो, ८ अर्ब २५ करोडको कारोबार, अनावश्यक राजनीतिक हल्लाले लगानीकर्ता त्रसिद

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Thu 15:16
शेयर बजार ३१.३१ अंकले घट्यो, ८ अर्ब २५ करोडको कारोबार, अनावश्यक राजनीतिक हल्लाले लगानीकर्ता त्रसिद
National Life

काठमाडौं । साताको अन्तिम दिन नेप्से सूचक ३१.३१ अंकले घटेको छ । बिहीबार नेप्से सूचक १.१५ प्रतिशतले घटेर २६६०.४४ अंकमा झरेको छ । सूचक सँगै कारोबार रकम पनि ८ अर्ब २५ करोडको मात्रै भएको छ । 

NIMB

राजनीतिक गतिविधि तरल देखिए सँगै शेयर बजारमा लगानीकर्ता त्रसिद देखिएका छन् । प्रधानमन्त्रीले चीन भ्रमण गर्ने कुराले राजनीतिक गतिविधि तरल देखिएको हो । 

आज १९७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ४३ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । सामुदायिक लघुवित्त र स्टार हाइड्रोपावरको शेयर मूल्यमा भने सर्किट लागेको छ । विकास बैंक र फाइनान्सको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिएको छ । दुबै सूचकमा गएका दिनमा उच्च दरले सुधार देखिएको थियो । 

समग्र आर्थिक अवस्था तथा बैंकको व्याजदर र लिक्वीडीले शेयर बजारलाई साथ दिए पनि राजनीतिक गतिविधि केहि होला भन्ने डरले भने लगानीकर्तालाई त्रसिद बनाइरहेको छ । अन्यथा शेयर बजारमा डराउने अवस्था भने छैन । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार