Nepal Life

युनाइटेड इदी मार्दीको ४ प्रतिशत बोनस शेयर घोषणा, १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Nov 22 11:41
युनाइटेड इदी मार्दीको ४ प्रतिशत बोनस शेयर घोषणा, १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
National Life

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । कर प्रयोजनार्थ ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

Shikhar
NIMB

मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले बोनस शेयर जारीपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण तथा हकप्रद जारी गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया