NIMB Header 2
Nepal Life

लिबर्टी ईनर्जीको हकप्रद शेयर मंसिर १६ गतेदेखि, २ कित्ता बराबर एक कित्ता भर्न पाउने

National Life
  • BFIS News
  • 2024 Nov 22 11:48
लिबर्टी ईनर्जीको हकप्रद शेयर मंसिर १६ गतेदेखि,  २ कित्ता बराबर एक कित्ता भर्न पाउने
Sanima Reliance

काठमाडौं । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले मंसिर १६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको बेशिसहर, लमजुङ्ग शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार, लमजुङ्ग शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी, लमजुङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकममध्ये ५५ करोड ४४ लाख रुपैयाँ माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनको ऋण भुक्तानी गर्न प्रयोग गरिनेछ भने १५ करोड ३२ लाख रुपैयाँ माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानी गर्न प्रयोग गरिनेछ। त्यस्तै, बाँकी रहेको ४ करोड २४ लाख रुपैयाँ कम्पनीद्वारा प्रबद्र्धित लोदोखोला साना जलविद्युत आयोजनमा लगानी गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया