Nepal Life

धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका संशोधन, संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीका लागि विशेष व्यवस्था

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Fri 13:32
धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका संशोधन, संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीका लागि विशेष व्यवस्था
National Life

काठमाडौं । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गरिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ लाई संशोधन गर्न वाञ्छनीय भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले यो निर्देशिका बनाएको हो ।

NIMB

उक्त निर्देशिकाको नाम “धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौं संशोधन) निर्देशिका, २०८१” रहेको छ । यो निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ मा परिच्छेद–२क। थप सम्बन्धमा धितोपत्र बाँडफाँड तथा निष्कासन निर्देशिका, २०७४ को दफा ११ पछि परिच्छेद–२क। थपिएको छ । यस परिच्छेदमा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्कासन तथा कारोबार सम्बन्धी विशेष व्यवस्था रहेको छ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्काशनमा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले शेयर जारी गर्न चाहेमा ऐन, नियमावली तथा यस परिच्छेद बमोजिमको प्रक्रिया पूरा गरी शेयर निष्कासन गर्न सक्ने व्यवस्था छ ।

शेयर निष्कासन गर्दा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले नियमावलीको नियम ९ को उपनियम (१) बमोजिम जारी पुँजीको दश प्रतिशतभन्दा घटी र उनन्चास प्रतिशतभन्दा बढी नहुने गरी नियमावलीको नियम ४१ख। बमोजिम गैरआवासीय नेपालीको लागि मात्र शेयरको निष्कासन गर्नु पर्नेछ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी भनेको नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी हो । यस व्यवस्था अनुसार निष्कासन गरिने शेयर गैरआवासीय नेपालीले मात्र खरिद गर्न सक्नेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले प्रिमियम थप गरी शेयर निष्कासन गर्न भने नसकिने उक्त निर्देशिकामा व्यवस्था गरिएको छ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्काशन तथा कारोबार सम्बन्धी विशेष व्यवस्था

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार