Nepal Life

सरकारले चार महिनामा दोस्रो बजारबाट उठायो ८ अर्ब १६ करोड पूँजीगत लाभकर, बजार बढ्दा सरकार मालामाल

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Mon 18:10
सरकारले चार महिनामा दोस्रो बजारबाट उठायो ८ अर्ब १६ करोड पूँजीगत लाभकर, बजार बढ्दा सरकार मालामाल
National Life

काठमाडौ । नेपाल सरकारले चालु आर्थिक वर्षको ४ महिनामा दोस्रो बजारबाट ८ अर्ब १६ करोड रुपैयाँ पूँजीगत लाभकर उठाएको छ । सरकारले गत वर्षको यहि अवधिको तुलनामा ११ सय ६१ प्रतिशतले लाभकर बढाउन सफल भएको हो । गत वर्षको यहि अवधिमा सरकारले ६४ करोड ७० लाख रुपैयाँ लाभकर उठाएको थियो । 

NIMB

गएको साउन महिना नेप्से सूचकमा निकै राम्रो वृद्धि देखिएको थियो । सेयर कारोबार रकम पनि बढेको थियो । चालु आर्थिक वर्षको पहिलो महिना लगानीकर्ताहरुले ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ भन्दा धेरैको राजश्व बुझाएक देखिएको छ । त्यसैगरी, भदौमा २ अर्ब ५७ करोड ९४ लाख, असोजमा ५८ करोड ६५ लाख, र कात्तिकमा ७५ करोड ८७ लाख रुपैयाँ क्यापिटल गेन ट्याक्स बुझाएका छन् । 

लगानीकर्ताले चालु आवको ४ महिनासम्म बुझाएको लभकर आर्थिक वर्ष २०७३/७४ देखि २०७६/७७, आव २०७९/८० र २०८/८१ मा तिरेको रकम भन्दा धेरै हो । गत वर्ष सेयर लगानीकर्ताले ५ अर्ब ५० करोड रुपैयाँ भन्दा धेरैको कर बुझाएका थिए । सेयर बजारमा वृद्धि आएको समय लाभ कर पनि बढ्ने गरेको देखिएको छ । बजार बुलिस रहेको बेला अर्थात, आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा सेयर लगानीकर्ताले क्रमशः १४ अर्ब १३ करोड र १० अर्ब ३५ करोड रुपैयाँ लाभकर बुझाएका थिए । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार