Nepal Life

हाइड्रोपावरका लगानीकर्ता नै धितोपत्र बोर्डको अध्यक्ष भए पछि हाइड्रोपावरको शेयरमा उछाल

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Tue 15:34
हाइड्रोपावरका लगानीकर्ता नै धितोपत्र बोर्डको अध्यक्ष भए पछि हाइड्रोपावरको शेयरमा उछाल
Shikhar detail

काठमाडौं । व्यवसायिक पृष्ठभुमीबाट पूँजी बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनेका सन्तोषनारायण श्रेष्ठको परिवारको तीन वटा जलविद्युत कम्पनीमा प्रमुख लगानी रहेको बुझिएको छ । उनि नेपाल विद्युत प्राधिकरणको समेत सञ्चालक बनिसकेका छन् ।

NIMB

यसरी जलविद्युत क्षेत्रकै व्यक्ति धितोपत्र बोर्डको अध्यक्ष बने पछि आज हाइड्रोपावरको शेयर मूल्यमा उछाल आएको छ । अहिले हाइड्रोपावर डेभलपर नै उर्जा मन्त्री छन् । यसरी नियामकको प्रमुख र मन्त्रालयका मन्त्री नै हाइड्रोपावरको डेभलपर पाइसके पछि यस क्षेत्रका लगानीकर्ता सबैभन्दा धेरै उत्साहित देखिएका हुन् ।

आज सर्वाधिक धेरै बढ्ने १० कम्पनी मध्ये ७ वटा जलविद्युत समुहका छन् । त्यस्तै हाइड्रोपावरको सूचक पनि १.९७ प्रतिशत अर्थात ६९ अंकले बढेको छ । युनाइटेड इदि मर्दी र कुथेली बुखेरी हाइड्रोपावरको शेयर मूल्यमा सर्वाधिक सुधार हुने क्रममा सर्किट लागेको छ ।

अपर हेवा खोलाको ८.८० प्रतिशत, माया खोला ८.६५ प्रतिशत, अपर सोलु हाइड्रोपावरको ७.९६ प्रतिशत, बलेफीको ६.७३ प्रतिशत, ग्रिन भेन्चर ६.५५ प्रतिशत, तेह्रथुप पावर ६.३० प्रतिशतले सुधार भएको छ ।

यस्तो छ अध्यक्षको पृष्ठभुमी

२०३३ सालमा स्याङ्गजाको भिरकोट नगरपालिकामा जन्मिए पनि उनको पढाई तथा कर्मथलो काठमाडौँ र बुटवल हो । काठमाडौँ विश्वविध्यालयबाट फाइनान्समा एमबीए गरेका श्रेष्ठको पढाई मात्र नभई अनुभव पनि बैंक वित्तीय क्षेत्र नै देखिन्छ । श्रेष्ठसँग स्वाभिमान लघुवित्त वित्तीय संस्थामा झन्डै ८ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ भने तत्कालिन नेपाल एक्सप्रेस फाइनान्समा (कैलाश विकास बैंक हुँदै हाल प्राइममा मर्ज भएको) १० दश वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ । यी दुवै संस्थामा श्रेष्ठ संस्थापक अध्यक्ष हुन् । 

उनले नेपाल विद्युत प्राधिकरणमा तीन वर्ष सञ्चालक समिति सदस्यको रुपमा काम गरेका थिए । लगानीकर्ताको हिसाबले उनिको बैंक वित्तीय संस्थाका साथै सोप एण्ड केमिकल, हाइड्रोपावर तथा कलेजहरुमा पनि प्रत्यक्ष लगानी रहेको छ । हाल श्रेष्ठ तथा उनको परिवारको लगानीमा तीन भन्दा बढी हाइड्रोपावर रहेका छन् । त्यस्तै आवद्दताका हिसाबले पनि श्रेष्ठ म्यानेजमेन्ट एसोसियसन नेपाल (म्यान)को आजीवन सदस्य, रुपन्देही चेम्बर अफ इन्डस्ट्रिजको कार्यकारी सदस्य रहेका छन् । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार