Nepal Life

नेपाल लाइफको अभिकर्ता संघले सम्पुर्ण शाखामा अधिवेशन गराउदै, पोखराको तीन शाखामा नयाँ कार्यसमिति गठन

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 13:36
नेपाल लाइफको अभिकर्ता संघले सम्पुर्ण शाखामा अधिवेशन गराउदै, पोखराको तीन शाखामा नयाँ कार्यसमिति गठन
Sanima Reliance

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफले शाखा सञ्जाल विस्तार गरेको छ । नेपाल लाइफको अभिकर्ता संघले हिजो शनिवार एकै दिन ६ वटा शाखा कार्यालयमा कार्यसमिति विस्तार गरेको छ । नेपाल लाइफका अध्यक्ष गणेश पराजुलीको संयोजकत्वमा शाखा विस्तार गर्ने क्रम भइरहेको पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले जानकारी दिए ।

NIMB

हालसम्म नेपाल लाइफका ८० वटा शाखा तथा उपशाखामा अभिकर्ता संघको कार्यसमिति तयार भइसकेको छ । यहि मंसिर भित्रमा कम्पनीको सम्पुर्ण शाखा कार्यालयमा कार्यसमिति गठन गर्ने योजना रहेको केसीले जानकारी दिए ।

केसीले हिजो एकै दिन पोखराका तीन वटा शाखामा अधिवेशन सम्पन्न गराएका छन् । नेपाल लाइफको अरुण खोला शाखा समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । शारदा भण्डारीको संयोजकत्वमा सात सदश्य कार्यसमिति निर्माण भएको छ । त्यस्तै पोखराकै तालचोक शाखा समितिको अधिवेशनबाट योगेन्द्र बरालको संयोजकत्वमा ७ सदश्य कार्यसमिति निर्माण भएको छ । त्यस्तै पोखरा शाखाको चौथो अधिवेशनबाट दिपक प्रसाद पराजुलीको संयोजकत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।

हिजै काकर्भिट्टा समितिको पनि प्रथम अधिवेशन सम्पन्न भएको छ । यस अधिवेशनबाट डिल्लीराम न्यौपानेको संयोजकत्वमा कार्यसमिति गठन भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया