Nepal Life

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको लाभांश घोषणा, ५ प्रतिशत बोनस शेयर सँगै १०० प्रतिशत हकप्रदको प्रस्ताव

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Wed 10:49
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको लाभांश घोषणा, ५ प्रतिशत बोनस शेयर सँगै १०० प्रतिशत हकप्रदको प्रस्ताव
Shikhar detail

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै, कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको छ । 

NIMB

लाभांश र हकप्रद प्रस्तावसहित एनआरएनले पुस १२ गते साधारण सभा बोलाएको छ । सभा आम्रापाली ब्यांकेट, थिरबम सडक, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार