मौद्रिक समिक्षा अगाडी शेयर बजारमा देखियो कन्फुजन, नाफा बुक गर्न हतारिए लगानीकर्ता
- BFIS News
- 2024 Nov Thu 15:10
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक समिक्षा सार्वजनिक गर्दैछ । मौद्रिक समिक्षा सार्वजनिक हुने अघिल्लो दिन शेयर बजार घट्दा लगानीकर्ताहरु भने त्रसिद बनेका छन् ।
लगानीकर्ताले चालु आर्थिक वर्षको मौद्रिक समिक्षामा हुने परिवर्तनलाई चासोका साथ हेरिरहेका छन् । बैंक वित्तीय संस्थामा प्रयाप्त तरलताका बाबुजुद पनि कतिपय बैंक तथा वित्तीय संस्थाको खराव कर्जालाई लिएर कतै राष्ट्र बैंकले कडा खालको नीति त ल्याउने होइन भन्ने डर अहिले लगानीकर्तामा छ ।
सरकारले नेपाल धितोपत्र बोर्डमा ११ महिना पछि सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरे सँगै गएका दुई दिनमा शेयर बजारमा राम्रै सुधार देखिएको थियो । यो साताको पहिलो कारोबार दिनमै शेयर बजार सुधार भएको थियो । गएका ४ कारोबार दिनमा नेप्से सूचक ९० अंकले सुधार भयो । तर आज कारोबार अवधिभर शेयर बजारमा तिब्र उतारचढाव देखियो ।
कारोबार बन्द हुनु भन्दा केहि समय अगाडीसम्म १७ अंकले घटेको बजार कारोबार बन्द हुने अन्तिम मिनेटमा ८ अंकले मात्रै घटेर बन्द भयो । आज ८ अर्ब ५४ करोडको कारोबार भयो । ५० वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिए पनि १९४ वटा कम्पनीको शेयर मूल्य भने घटेका छन् ।
नेप्से सूचक २७४८.०५ अंकमा रोकिएको छ । प्राविधिक विश्लेषकहरुले आज बजारमा करेक्सन हुने अनुमान गरेका थिए । यसले गर्दा पनि लगानीकर्ताहरुले आत्तीएर नाफा बुक गरेका हुन् । आज पनि विशाल बजारको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै विन नेपाल लघुवित्तको शेयर मूल्यमा पनि सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्सको शेयर सर्किट लेभलमै पुगेको छ । हकप्रदको बुक क्लोज पछि पनि एलआइसी नेपालको शेयर चम्किरहेको छ ।
प्रतिक्रिया