Nepal Life

नेपाल लाइफका अभिकर्ता अधिकारीले बनाए नयाँ रेकर्ड, एकै दिनमा करोड माथि प्रथम बीमा शुल्क आर्जन

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 22:26
नेपाल लाइफका अभिकर्ता अधिकारीले बनाए नयाँ रेकर्ड, एकै दिनमा करोड माथि प्रथम बीमा शुल्क आर्जन
Sanima Reliance

काठमाडौं । नेपाल लाइफमा एजेन्सी म्यानेजर गणेश अधिकारीले एकै दिनमा सर्वाधिक जीवन बीमा शुल्क आर्जनको नयाँ रेकर्ड बनाएका छन् । उनले नेपालमै पहिलो पटक एकै दिन एक करोड १८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

NIMB

अधिकारीले आज एकै दिन चार वटा पोलिसी मार्फत उक्त बीमा शुल्क आर्जन गर्न सफल भएको बताए । उनले भने ‘नेपालको जीवन बीमा बजारमा केहि गरौ भन्ने लागिरहेको थियो । साथिभाइहरुले एकै दिनमा यति धेरै प्रथम बीमा शुल्क आर्जन कसैले पनि गरेको छैन भन्नु भयो । मैलाई पनि एउटा प्रयास गरौ न त भन्ने भयो । सफल भए ।’

अधिकारी नेपाल लाइफमा २०५८ सालदेखि सक्रिय रुपमा अभिकर्ता भएर काम गर्दै आइरहेका छन् । लामो समय शिक्षण पेशामा विताएका अधिकारी पछिल्लो समय शिक्षण संस्था सञ्चालन गरिरहेका छन् । शिक्षा मार्पत ज्योति फैलाउदै आएका अधिकारी पछिल्लो समय बीमा मार्फत धेरै मानिसको जीवनलाई नै सरक्षित बनाउने अभियानमा जुटेका छन् ।

यस पेशामा उनि मात्रै नभएर उनकी श्रीमती र छोराहरु समेत संलग्न छन् । स-परिवार जीवन बीमा अभिकर्तामा संलग्न अधिकारीको परिवारले नेपाल लाइफमा सर्वाधिक जीवन बीमा व्यवसाय उपलब्ध गराउदै आएको छ । अधिकारी विगत ८ वर्षदेखि लगातार सर्वाधिक धेरै जीवन बीमा व्यवसाय भित्र्याए बापत सम्मानित हुँदै आएका छन् । पटक पटक एमडिआरटी बनिसकेका अधिकारी एक पटक सिओटी बन्न सफल भए । यस वर्ष उनले धेरै वटा रेकर्ड तोड्ने संकेत देखापरिसकेको छ ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको अध्यक्ष समेत रहेका अधिकारी अभिकर्ताको हकहित र अभिकर्ता पेशामा देखा परेका समस्यालाई आवाज उठाउदै आइरहेका छन् ।   

हाम्रो फेसबुक पेजमा लाइक र फलो गर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया