आइपिओ निष्काशनको प्रक्रिया अगाडी बढाउन बोर्डका अध्यक्ष श्रेष्ठको निर्देशन, ८५ कम्पनीको ४८ अर्ब ५८ करोड पाइपलाइनमा
- BFIS News
- 2024 Dec Tue 05:30
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पाइपलाइनमा रहेका कम्पनीहरुको आइपिओ निष्काशनको फाइल अगाडी बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष श्रेष्ठले कर्मचारीहरु सँगको छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन् ।
हाल नेपाल धितोपत्र बोर्डमा ८४ वटा कम्पनीहरु आइपिओ निष्काशनको पाइपलाइनमा छन् । बोर्डको अध्यक्ष नहुँदा एक वर्षदेखि आइपिओ निष्काशनको अनुमति बन्द थियो । कतिपय कम्पनीहरुले अध्यक्ष नभएको भन्दै प्रक्रिया समेत अगाडी बढाएका थिएनन् । विच विचमा अर्थमन्त्रालयका प्रतिनिधिले कार्यबहाक अध्यक्षको भुमिका निर्वाह गरे पनि कसैले पनि अनुमति दिने आट गर्न सकेका थिएनन् ।
यस अगाडी अर्थसमितिको निर्देशन अनुरुप धितोपत्र निष्काशन नियमावली संशोधन हुन बाँकी छ भन्दै बोर्डले अनुमति दिएको थिएन । सरकारले चार वर्षका लागि पुर्ण अधिकारी सहितको कार्यकारी अधिकृत नियुक्त गरे सँगै अव बोर्डले आफ्ना सम्पुर्ण प्रक्रिया अगाडी बढाउने छ ।
हाल धितोपत्र बोर्डमा ८४ वटा कम्पनीले ४८ अर्ब ५८ करोडको आइपिओ पाइपलाइनमा छन् । यति ठुलो आइपिओ एकै पटक निष्काशन गर्ने अनुमति दियो भने लगानीकर्ताहरुलाई आवेदन दिनै समस्या पर्ने देखिएको छ ।
हेर्नुहोस् कुन समुहबाट कुन कम्पनीले कति आइपिओ निष्काशन गर्दै छन् ।
प्रतिक्रिया