चम्पावती, हिम पर्वत र सेञ्चुरी इनर्जीले आइपिओ निष्काशन गर्दै, ४० हाइड्रोपावरले साढे १६ अर्ब उठाउदै
- BFIS News
- 2024 Dec Thu 19:14
काठमाडौं । जलविद्युत समुह तर्फ आइपिओ निष्काशनको गर्ने कम्पनीको सूचीमा एकै पटक तीन कम्पनी थपिएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार चम्पावती हाइड्रोपावर कम्पनी, हिम पर्वत हाइड्रोपावर र सेञ्चुरी इनर्जीले आइपिओ निष्काशनका लागि निवेदन दिएका छन् ।
चम्पावतीले १६ लाख कित्ता अर्थात १६ करोड रुपैयाँको आइपिओ निष्काशन गर्न थालेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग रहेको छ । त्यस्तै हिम पर्वतले ५९ लाख १५ हजार कित्ता शेयर अर्थात ५९ करोड १५ लाख रुपैयाँको आइपिओ निष्काशन गर्ने भएको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिटिजन क्यापिटल रहेको छ । त्यस्तै सेञ्चुरी इनर्जीले भने तीन लाख कित्ता मात्रै आइपिओ निष्काशन गर्नका लागि निवेदन दिएको छ । कम्पनीले २७५.११ रुपैयाँ प्रिमियम सहित कुल ८ करोड २५ लाख ३३ हजार रुपैयाँको आइपिओ निष्काशनका लागि निवेदन दिएको हो । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।
तीन वटा कम्पनी थपिए सँगै जलविद्युत समुहत तर्फ पाइपलाइनमा ४० वटा कम्पनी पुगेका छन् । जलविद्युत कम्पनीले १६ अर्ब ४१ करोड रुपैयाँको आइपिओ निष्काशन गर्दै छन् ।
प्रतिक्रिया