Nepal Life

स्ट्यान्डर्ड चार्टर्डमा पहिलो पटक नेपाली सीईओ, गोरखशमशेर राणाले पाए जिम्मा

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Tue 10:03
स्ट्यान्डर्ड चार्टर्डमा पहिलो पटक नेपाली सीईओ, गोरखशमशेर राणाले पाए जिम्मा
Shikhar detail

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक नेपाली नागरिकलाई प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नियुक्त गरेको छ ।

NIMB

स्ट्यान्डर्ड चार्टर्डले पहिलो पटक सीईओको जिम्मा गोरखशमशेर राणालाई दिएको हो । बैंकको सञ्चालक समितिले राणालाई सीईओको जिम्मेवारी दिएको हो ।

सन् १९८७ देखि नेपालमा सञ्चालनमा आएको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा शुरूदेखि नै विदेशी व्यक्तिले सीईओको काम गर्दै आएका थिए ।

स्ट्यान्डर्ड चार्टर्डमै काम गरेका धेरैजना बैंकरहरु अरु बैंकमा सीईओ भएपनि चार्टर्डमा सीईओ विदेशी व्यक्ति नै हुने गरेका थिए । राणा अहिले चार्टर्डमा डेपुटी सीईओको रुपमा कार्यरत थिए । बैंकले उनलाई २०२२ को जनवरी १ देखि सीईओ नियुक्त गरेको हो ।

सन् १९९४ मा स्ट्यान्डर्ड चार्टर्ड नेपाल बैंकमा रिटेल एन्ड प्राइभेट बैंकिङ विभागबाट काम शुरू गरेका थिए । त्यसपछि उनी सन् १९९६ मा कर्पोरेट एन्ड इन्स्टिच्युशनल बैंकिङ विभागमा गए । त्यसयता उनले रिलेसनसिप मेनेजर, सिनियर क्रेडिट मेनेजर, हेड अफ क्लाइन्ट कभरेजको जिम्मेवारी निर्वाह गरेका छन् । पछिल्लो समय उनी ग्लोबल बैंकिङ एन्ड कमर्सियल बैंकिङको प्रमुख थिए । उनका समकालिन साथीहरु अनिल शाहदेखि शसिन जोशी चार्टर्ड बाट बाहिरिए सीईओ बनेपछि राणा भने चार्टर्डमा नै थिए ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया