Nepal Life

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा, बैंक वित्तीय संस्थामा २ दशकको अनुभव

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Thu 10:59
सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा, बैंक वित्तीय संस्थामा २ दशकको अनुभव
National Life

काठमाडौं । सिन्धु विकास बैंकले खुला प्रतिस्पर्धाबाट चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकको मंसिर २५ गते बसेको सञ्चाक समितिको बैठकले आगामी ४ वर्षका लागि देवकोटालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकले एक महिना अगाडी प्रमुख कार्यकारी अधिकृतको विज्ञापन खुला गरेको थियो । 

NIMB

उनि यस अगाडी नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए । सेक्युरिटिजमा एक वर्षको अनुभव सँगै उनि पुनः बैंकिङमा फर्किने क्रममा सिन्धु विकास बैंकको कमाण्डिङ गर्न आइपुगेका हुन् । 

२०६२ सालमा नेपाल बैक लिमिटेडबाट बैंकिङ करियर सुरु गरेका उनीसँग १५ वर्ष लामो समयसम्म नेपाल बंगलादेश बैंकमा काम गरेको अनुभव छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्ती पश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।

व्यावसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्व सदस्य समेत हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् ।

वित्तीय क्षेत्र र पूँजी बजारमा विशेष दख्खल राख्ने उनको नेतृत्वमा सिन्धु विकास बैंकले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास बैंकको सञ्चालक समितिले लिएको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया