Nepal Life

सगरमाथा लुम्बिनीमा मर्जरको सिनर्जी, एक महिनामै ५५ करोड १५ लाख बीमा शुल्क आर्जन

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 13:03
सगरमाथा लुम्बिनीमा मर्जरको सिनर्जी, एक महिनामै ५५ करोड १५ लाख बीमा शुल्क आर्जन
Sanima Reliance

काठमाडौं । मर्जर पछि सगरमाथा लुम्बिनी ‘सलिको’ इन्स्योरेन्स कम्पनीमा सिनर्जी प्रभाव देखिएको छ । समग्र निर्जीवन बीमा व्यवसाय ११ प्रतिशतले घट्दा सगरमाथा लुम्बिनीले ५५ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

NIMB

गएको वर्ष साविक सगरमाथाले एक्लैले ३२ करोड ६२ लाख र लुम्बिनी एक्लैले १७ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । दुई कम्पनीको साविकको व्यवसायलाई जोड्दा ४९ करोड ९७ लाख रुपैयाँ हुन जान्छ । यहि तथ्याङ्कलाई तुलना गर्दा १०.३७ प्रतिशतले व्यवसाय बढेको देखिन्छ ।

यस साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी गएको वर्षको साउन महिनामा ४ अर्ब ४८ करोड थियो । यसरी निर्जीवन बीमा क्षेत्रमै मन्दी छाउदा कम्पनीले साविकको व्यवसायलाई टिकाउदै बढाउन सफल भएको छ ।

बैंकहरुको कर्जा ठप्प छ । मोटर बीमामा पनि सुधार छैन । गत वर्ष सरकारले सवारी आयातमा प्रतिबन्ध लगाउदा त्यसको असर अहिलेसम्म पनि कायमै छ । यस्तो असहज परिस्थिमा पनि सलिकोले उलेख्य व्यवसाय गर्न सफल भएको छ । यहि स्पिरिटमा बजार विस्तार गर्न सक्यो भने आगामी दिनमा सलिकोले बजारमा लिड गरिरहनेछ ।

कम्पनीले साउन महिनामा २४ हजार ४८० वटा पोलिसी जारी गरेको छ । गत वर्षको साउनमा लुम्बिनीको ११ हजार ४३० र सगरमाथाकको १८ हजार ६३५ वटा पोलिसी जारी गरेको थियो । पोलिसी संख्यामा गिरावट देखिए पनि कम्पनीले बढि बीमाङ्कको पोलिसी जारी गरेर व्यवसाय बढाउन सफल भएको हो ।

कम्पनीले मर्जर पछिको कर्मचारी व्यवस्थापनलाई सहज रुपमा सल्टाएको छ । कम्पनीलाई सबैभन्दा राम्रो प्रिभिलेज साविक सगरमाथाको नामले पनि गर्यो । कसैलाई पनि म साविक लुम्बिनी भनिरहनु परेको छैन । यसले गर्दा कम्पनी विचको सौहार्दता एकदमै धेरै छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया