Nepal Life

नेपाल लाइफ पुरानै लयमा, साउन एक महिनामै ५ अर्ब २२ करोड बीमा शुल्क आर्जन गर्न सफल

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 17:53
नेपाल लाइफ पुरानै लयमा, साउन एक महिनामै ५ अर्ब २२ करोड बीमा शुल्क आर्जन गर्न सफल
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ पुरानै लयमा फर्किएको छ । चालु आर्थिक वर्षको पहिलो एक महिनामै ५ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दै पहिलो नम्बरलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षको साउन महिनाको तुलनामा नेपाल लाइफ ९.४२ प्रतिशतले व्यवसाय बृद्धि गर्न सफल देखिएको छ ।

NIMB

एक महिनामा नेपाल लाइफले ५६ करोड ३१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने नविकरण बीमा शुल्क आर्जन ४ अर्ब ६६ करोड रुपैयाँ छ । साउन महिनामा मात्रै कम्पनीले २० हजार २७० वटा जीवन बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । हाल नेपाल लाइफमा एक लाख १२  हजार वटा जीवन बीमा पोलिसी सक्रिय छन् ।

नेपाल लाइफको कुल बीमा शुल्क आर्जनमा बजार हिस्सा २६.६४ प्रतिशत छ । यस महिनामा राष्ट्रिय बीमा संस्थाले अप्रत्यासित रुपमा कुल तीन अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकाले पनि बजार हिस्सा घटेको देखिएको हो । प्रथम बीमा शुल्क आर्जन तर्फ कम्पनीको बजार हिस्सा २४.५१ प्रतिशत छ भने नविकरण तर्फ २६.९२ प्रतिशत रहेको छ । अन्य कम्पनीहरु मर्जर हुँदा पनि नेपाल लाइफको जीवन बीमा व्यवसायमा भने खासै ठुलो प्रभाव पारेको छैन । कम्पनीले आफ्नो व्यवसाय लगातार बढाउदै लगेको छ । कम्पनीमा सक्रिय र आक्रामक अभिकर्ता भएकाले पनि यति ठुलो व्यवसाय गर्न सफल भएको हो ।     

कम्पनीले लघु बीमालेख मार्फत एकदमै कम तीन लाख ४८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमालेख बिक्री गरेर पनि कम्पनीले ५ करोड ५३ लाख रुपैयाँ  आर्जन गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया