Nepal Life

सूचकमा समान्य सुधार हुँदा पनि कारोबार रकम घट्यो, बजारमा अफ सिजनको प्रभाव

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Tue 15:19
सूचकमा समान्य सुधार हुँदा पनि कारोबार रकम घट्यो, बजारमा अफ सिजनको प्रभाव
National Life

काठमाडौं । शेयर बजारमा अफ सिजनको प्रभाव देखिएको छ । सोमबार भारी गिरावट आएको बजारमा मंगलबार २.९५ अंकले सुधार भएको छ । 

NIMB

सेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ । इन्ट्रा डे मा नेप्से सूचक २६१२ विन्दुसम्म आएपछि अन्तिम प्रहरमा नेप्से सूचक सामान्य बढेर बन्द भएको हो । नेप्से सूचक २.९५ विन्दुले बढेर २६३३.८७ अंकमा आएको छ । ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्समा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ८ वटा समूहका सूचक सकारात्मक बनेका छन् ।

नेप्से सूचक सकारात्मक देखिए पनि कारोबार रकम भने सुस्त नै छ । बजार तल्लो विन्दुमा आएपछि आत्तिएर बेच्नेहरु घटेको पाइन्छ । सस्तो भाउमा बिक्री गर्न खोज्नेहरु कम हुँदा कारोबार प्रभावित भएको देखिन्छ । समग्रमा खरिदकर्ता र बिक्रीकर्ता दुवै पक्ष ‘वेट एन्ड वाच’ को मुडमा रहँदा कारोबार रकम न्यून भएको हो ।

यस्तै, बजार कता जान्छ भन्ने स्पष्ट संकेत नपाउँदा क्रेताहरु पनि सुस्त भएका छन् । समग्रमा क्रेता–बिक्रेता दुवै पक्षले हतार नगरेकाले कारोबार रकम प्रभावित भएको हो । यता, निरन्तरजसो घटेको बजारमा कारोबार रकम न्यून हुनुले बजारले केही समयपछि ट्रेन्ड चेन्ज गर्न सक्ने संकेतका रुपमा पनि कतिपयले लिएको पाइन्छ । विभिन्न हल्लाहरु फैलाइएका कारण बजार घटेको देखिन्छ । अहिले एकाएक नेप्से तल आउनुमा ठोस एवं यकिन कारण देखिएको छैन ।

यसकारण पनि बजार केही समयपछि स्वभाविक गतिमा जान सक्ने आँकलन भइरहेको छ । यता, प्राविधिक विश्लेषकहरुले पनि विभिन्न विन्दुहरुलाई आधार मानेर बाइ, सेलको निर्णय लिने हुँदा उनीहरु अहिले ‘पर्ख र हेर’कै अवस्थामा बसेको देखिन्छ ।

विशेषगरी २७८० खुड्किलो पार गर्न नसकेपछि नेप्सेको ओरालो यात्रा सुरु भएको हो । अब यो करेक्सन चक्र पूरा गरेपछि थप बलियो हुँदै बजारले पुनः उकालो यात्रा तय गर्ने विश्वास गरिएको छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र सस्तो ब्याजदरले बजारलाई धेरै तल भने जान नदिने विश्लेषकहरु बताउँछन् ।

बजार थप बलियो हुनका लागि पटकपटक करेक्सन पनि आवश्यक हुन्छ । करेक्सनबाट भाउ सस्तो हुन्छ अनि सेयर खरिदका लागि इन्भेष्टर्स र ट्रेडरहरु दुवै तयार हुने वातावरण पनि बन्छ । यसकारण बेलाबेलामा हुने करेक्सनलाई आम लगानीकर्ताले सकारात्मकरुपमा लिन सक्नुपर्छ । यस्तो बेला धैर्यताको पनि उत्तिकै आवश्यकता पर्छ । 

करेक्सन भएका बेला सेयर खरिद गर्नेहरुका लागि अवसर पनि हुन्छ । यस्तो बेला क्रेताहरु उत्साहित खरिद गर्ने र यसले अन्ततः बजारलाई माथि जान सहयोग पुग्ने गर्छ । यता, निरन्तर ब्याजदर घटे पनि कर्जा खासै प्रवाह भएको छैन । 

पुसका लागि पनि धेरैले ब्याज घटाउने वा यथावत् राख्नेक्रमलाई नै निरन्तरता दिएका छन् । समग्रमा ब्याजदर अहिले सस्तो भएको छ । कम्पनीको वित्तीय सूचक र लाभांश दर विश्लेषण गरेर दीर्घकालीन लगानी गर्नेहरुका लागि भने यस्ता सामान्य उतारचढावले खासै ठूलो अर्थ राख्दैन । उनीहरु निश्चित अवधिसम्म होल्ड गर्ने, लाभांश प्राप्त गर्ने साथमा पुँजीगत लाभ पनि हात पार्ने ढंगले लगानी गरिरहेका हुन्छन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया