शेयर बजारमा गिरावट कायमै, लो क्यापका फाइनान्स, माइक्रोफाइनान्स र व्यापार समुहका कम्पनीमा उछाल
- BFIS News
- 2024 Dec Wed 15:16
काठमाडौं । बुधबार पनि शेयर बजारमा गिरावट देखिएको छ । सूचकमा गिरावट देखिए पनि लोक क्यापका फाइनान्स, माइक्रोफाइनान्स र व्यापार समुहका कम्पनीको शेयरमा भने उछाल देखिएको छ । घट्दो बजारमा पनि ट्रेडर हाबी हुँदा लो क्यापका कम्पनीमा राम्रो कारोबार भएको छ ।
बुधबार नेप्से सूचक ५.६० अंकले गिरावट हुँदा २६२८ अंकमा रोकिएको छ । प्राविधिक विश्लेषकहरुले २६३० मा स्ट्रङ सपोर्ट देखेका थिए । तर सपोर्ट भन्दा तल झरेसँगै कारोबार रकम ४ अर्ब २७ करोडमा सिमित भएको छ । लगानीकर्ताले बजारमा अझै गिरावट आउन सक्ने आकलन गर्दै शेयर खरिद नगर्दा कारोबार रकम घटेको हो ।
बजार घट्दा पनि उपकार लघुवित्त र सपोर्ट माइक्रोफाइनान्समा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्सको सर्वाधिक धेरै १५ करोड ५९ लाखको कारोबार भएको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा व्याजदर बढ्न सकेको छैन । तै पनि बजारमा भने गिरावट देखिएको छ ।
प्रतिक्रिया