Nepal Life

एकै दिनमा सर्वाधिक धेरै बीमा शुल्क आर्जनको रेकर्ड बनाएका अधिकारी सम्राट पदकका लागि योग्य

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 19:02
एकै दिनमा सर्वाधिक धेरै बीमा शुल्क आर्जनको रेकर्ड बनाएका अधिकारी सम्राट पदकका लागि योग्य
Sanima Reliance

काठमाडौं । एकै दिनमा सर्वाधिक धेरै बीमा शुल्क आर्जनको नयाँ रेकर्ड बनाएका नेपाल लाइफका एजेन्सी म्यानेजर गणेश अधिकारीलाई कम्पनीले सम्मान गरेको छ । विराटनगर शाखाले उनलाई सम्मान गर्दै आगामी दिनमा थप व्यवसायको लागि शुभकामना समेत दिएको छ ।

NIMB

शाखाले भनेको छ ‘विराटनगर शाखामा कार्यरत हाम्रा अति मिलनसार र मिहेनती अभिकर्ता एजेन्सी म्यानेजर गणेश अधिकारीले विराटनगरकै इतिहासमा सबै भन्दा ठूलो बीमा शुल्क दिनु भएकोमा हार्दिक बधाई छ ।’

अधिकारीले आइतबार एकै दिन एक करोड १८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । उनले चार वटा पोलिसी मार्फत एकै दिन यति धेरै बीमा शुल्क आर्जन गरेर नयाँ रेकर्ड बनाएका हुन् ।

नयाँ रेकर्ड बनाए सँगै उनि नेपाल लाइफले प्रदान गर्ने सम्राट पदकका लागि योग्य भएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ठ व्यवसाय गर्दै छोटो समयमा नै सम्राट पदक प्राप्तिका लागि योग्य भएको भन्दै कम्पनीले केसीलाई बधाई दिएको छ । केसी नेपाल लाइफले भदौ महिनाका लागि जारी गरेको प्रोत्साहन मुलक योजनामा पनि योग्य भएका छन् । उनि लुम्बिनी रानीमल टुरमा समावेश हुन पाउने छन् ।     

नेपाल लाइफका अभिकर्ता अधिकारीले बनाए नयाँ रेकर्ड, एकै दिनमा करोड माथि प्रथम बीमा शुल्क आर्जन

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया