सन नेपाल लाइफले सुरु गर्यो व्यतित बीमा लेखमा पुनर्जागरण अभियान, बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट
- BFIS News
- 2024 Dec Wed 20:02
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा पुनर्जागरण अभियान सुरु गरेको छ । कम्पनीले ग्राहकहरुको हितलाई मध्यजनर गर्दै यहि पुस एक गतेदेखि पुस २६ गतेसम्म व्यतित बीमालेखमा ७५ प्रतिशतसम्म व्याज छुट दिने योजना सार्वजनिक गरेको छ ।
सन नेपाल लाइफले आर्थिक समस्याका कारण बीमालेखमा सक्रिय राख्न नसकेका बीमितहरुलाई लक्षित गर्दै यस्तो अभियान सुरु गरेको हो । समयमा बीमा शुल्क भुम्तानी नगर्दा बीमा लेख व्यतित हुन्छ । जसले गर्दा बीमाबाट पाउने सुविधा पाउन सकिदैन । यसले गर्दा आफ्ना ग्राहक र उनिहरुको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्न कम्पनीले यस्तो नीति लिएको हो ।
जुनसुकै कारणले बीमा शुल्क भुक्तानी गर्न नसकेका बीमितलाई कम्पनीले यस पुनर्जागरण अभियान मार्फत बीमा मार्फत सुरक्षालाई निरन्तरता दिन चाहेको छ । कम्पनीले यस अभियान मार्फत ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने भएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले यस छुट अभियानमार्फत ग्राहकहरुलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बीमाको महत्वलाई अझ प्रभावकारी रुपमा उजागर गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया