NIMB Header 2
Nepal Life

प्रिमियममा आइपिओ निष्काशन गरेको सर्वोत्तमले घोषणा गर्यो लाभांश, ७ प्रतिशत बोनस शेयर सहित १० प्रतिशत दिने

National Life
  • BFIS News
  • 2024 Dec 19 11:25
प्रिमियममा आइपिओ निष्काशन गरेको सर्वोत्तमले घोषणा गर्यो लाभांश, ७ प्रतिशत बोनस शेयर सहित १० प्रतिशत दिने
Sanima Reliance

काठमाडौं । प्रिमियममा आइपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश पारित गर्न कम्पनीले पुस २६ गते, शुक्रबार, होटल भिलासा, भैरहवा, रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया