Nepal Life

अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा आधात्मिक गुरु रवीशंकर मार्फत ऐतिहासिक ठूलो ध्यान कार्यक्रम हुँदै

NMB Bank
  • BFIS News
  • 2024 Dec 20 16:42
अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा आधात्मिक गुरु रवीशंकर मार्फत ऐतिहासिक ठूलो ध्यान कार्यक्रम हुँदै
United Ajod

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवस २०२४ को अवसरमा आध्यात्मिक गुरु रवीशंकरले विश्वमै अहिलेसम्मकै सर्वाधिक ठुलो ध्यान कार्यक्रम गर्ने भएका छन् । 

Shikhar
Nepal Life
NIMB

संयुक्त राष्ट्र संघद्वारा डिसेम्बर २१ मा विश्व ध्यान दिवसको रुपमा मान्यता प्रदान गरिएकोले विश्वभरि सम्पूर्ण मानव समाजमा एक नवीन चेतना जागरण गराएको छ । ध्यानलाई शुद्धतम रुपमा विश्वभरी मानव कल्याण, शान्ति र आरोग्यको उज्यालो वातावरण निर्माण गर्न अझ बढी महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । साथ साथै पूर्विय दर्शन र संस्कृतिको गौरब विश्वभरि फैलिने आयोजकले जनाएको छ । 

“द आर्ट अफ लिभिङ्ग नेपाल” ले ई.सं.२०२४ डिसेम्बर २१ को दिन अन्तराष्ट्रिय ध्यान डे २०२४ कार्यक्रम आयोजना गरेको हो । विश्व मानवतावादी तथा आध्यात्मिक गुरु श्री श्री रवीशंकरबाट चार दशक अगाडि ई.सं.१९८१ मा स्थापित “द आर्ट अफ लिभिङ्ग” संस्था आज १८६ राष्ट्रमा लगभग ४.५ करोड अनुयायीहरु माझ आफ्नो गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।

हिंसा मुक्त समाज, तनाव मुक्त मन र शान्ति र खुशी बाड्ने उद्देश्यले यो संस्था क्रमिक रुपमा योग÷प्रणायाम क्रिया र ध्यान पूर्ण सफलताको साथ अघि बढिरहेको छ । 

डिसेम्बर २१, २०२४ को विश्व ध्यान दिवसको अवसरमा विश्वभरका मानिसहरू आध्यात्मिक गुरु रविशंकरसँग ध्यान गर्न एक साथ भेला हुँदैछन् । यो ऐतिहासिक र सबैभन्दा ठूलो ध्यान कार्यक्रमको युएनको केन्द्रिय कार्यालयबाट प्रशारण हुनेछ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया