Nepal Life

नेपाल टेलिकमले घोषणा गर्यो ३० प्रतिशत नगद लाभांश, पुस २८ गतेको साधारणसभाले लाभांश पारित गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Sun 11:01
नेपाल टेलिकमले घोषणा गर्यो ३० प्रतिशत नगद लाभांश, पुस २८ गतेको साधारणसभाले लाभांश पारित गर्ने
National Life

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यस कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि साधारण सभामा पेश हुनेछ । सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

NIMB

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सत्रौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे सुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

उक्त साधारण सभाले लाभांशका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया