नागरिक लगानीकोषले ७ प्रतिशत बोनस शेयर सहित १३ प्रतिशत लाभांश वितरण गर्ने
- BFIS News
- 2024 Dec 22 11:10
काठमाडौं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कोषको आज बिहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ । यसअघि कोषले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया